जागिरको प्रलोभनमा समुद्रपार मानव तस्करी | OmkarTimes.com

तनहुँ । वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडियामा अलपत्र परेका हुन् ।

 

बिज्ञापन

उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा रहेको छ। दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन् ।

 

प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।