दल विभाजन अध्यादेशविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश बदर गर्न परेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका अनुसार सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न भन्दै ६ वटा रिट दर्ता भएका छन् । सोही रिट निवेदनमाथि आज सर्वोच्चले सुनुवाई गर्न लागेको हो ।

अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर सरकारले केन्द्रीय कमिटी र संसद दुवैमा २० प्रतिशत संख्या पुगे कुनै पनि दल विभाजनका विभाजन गर्न सक्नेगरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते अध्यादेश जारी गर्नुभएको थियो । संसद अधिवेशन हठात अन्तय गरेर अध्यादेश जारी गरिएको भन्दै प्रधानमन्त्री देउवाको बिरोध भइरहेको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन्।गरेका हुन्।