
काठमाडौँ : पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल आज स्वदेश फर्किने भएका छन् । भारतको दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किन लागेका हुन् ।
कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराएका नेता खनालको मिर्गौलामा समेत समस्या देखिएपछि गत असार २ गते नयाँ दिल्ली लगिएको थियो ।
उनी आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने छन। उनको भारतमा रहेको अपोलो अस्पतालमो मिर्गौला प्रत्यारोपण गरिएको थियो । डा. सन्दीप गुलेरिया नेतृत्वमा रहेको टिमले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो।
सरकारले ७ असारमा खनालको सम्पूर्ण उपचार खर्च व्योहोर्ने निर्णय गरेको थियो । खनाललाई उपलब्ध गराएको उपचार खर्च गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ।