
काठमाण्डौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू झापाबाटै चुनाव लड्ने जनाएका छन्। आज बिहान ट्विट गर्दै शर्माले काठमाडौं–५ मा चुनाव लड्ने चर्चा भए पनि आफ्नो प्रेम झापासँगै भएकाले उतैबाट आगामी संसदीय चुनाव लड्ने बताएका हुन्।

शर्माले लेखेका छन्, फेरी प्रस्ट्याउँ, बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो, काठमाडौ–५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता घरजम यता कुरै हुन्न ।




शर्मा २०७४ मा झापा क्षेत्र नम्बर–१ मा नेकपा माओवादी केन्द्रका नेता राम कार्कीसँग पराजित भएका थिए । कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए भने शर्माले ३३ हजार तीन सय १० मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए।