
साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज ४ सयले घटेको हो। यो आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। आज छापावाला सुनको प्रतितोला ९१ हजार २ सय मूल्य निर्धारण भएको छ।
यस्तै तेजाबी सुन आजका लागि ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।