पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमणमा जादै

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड भ्रमणमा जाने भएका छन् ।

गएको फागुनमा परिवारसहित झापास्थित आफ्नै स्वामित्वमा रहेको हिमालयन टी स्टेटमा बस्दै आएका ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड भ्रमणमा जान लागेका हुन् ।

बिज्ञापन

उनको साथमा पूर्वरानी कोमल, नातिनीद्वय कीर्तिका, पूर्णिका, निजी सचिव सागर तिमल्सिना, र सुरक्षा गार्डसहितका टोली थाइल्यान्ड जान लागेका हुन् ।

उनी करिब एक महिना बसाईको लागि थाइल्याण्ड जान लागेको निर्मल निवास स्रोतले जनाएको छ ।

पूर्वयुवराज्ञी हिमानी, भान्छे, सुसारे र केही सहयोगीसहितको टोली लिएर थाइल्याण्ड गइसकेकी छन् ।