मेक्सिकोको सर्वोच्च अदालतद्वारा गर्भपतन ‘डिक्रिमिनलाइज्ड’

मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई ‘डिक्रिमिनलाइज्ड’ अर्थात आपराधिक गतिविधिको सूचिबाट हटाएको छ ।

ऐतिहासिक आदेश मार्फत मेक्सिकोको सर्वोच्च अदालतले गर्भतपन गराउनेलाई आपराधिक गउत्तरी राज्य कोवाविलाको मुद्दामा फैसला गर्र्दै अदालतले महिलालाई गर्भपतनकै आधारमा आपराधिक मुद्दा नलाग्ने उल्लेख गरेको हो । मेक्सिकोका चार राज्य राज्यबाहेक सबैमा गर्भपतनमाथि गम्भीर प्रतिबन्ध छ ।तिविधि अन्तर्गतको साजय दिनु असंवैधानिक रहेको बताएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश लुइस मारिया अगिलारले आदेशलाई महिला अधिकारको पक्षमा ऐतिहासिक कदम भनेका छन् ।

मंगलबारको आदेश मार्फत सर्वोच्च अदालतले कोवाविला राज्यलाई अपराध संहिताबाट गर्भपतनलाई हटाउन भनेको हो । यो आदेश मेक्सिकोमा गर्भपतनलाई आपराधिक सूचिबाट हटाउने अभियानका लागि मार्ग बन्ने देखिएको छ ।

चार सीमित राज्य बाहेक मेक्सिकोका अरु राज्यमा बलात्कारबाट बसेको गर्भ तथा आमाको ज्यान जोखिममा रहेको अवस्था बाहेकमा गर्भपतन गराउन नपाइने कानुन छ ।

न्यायिक स्रोतहरुले पछिल्लो आदेश कोवाविला राज्यका लागि मात्रै नभएर समग्र मेक्सिकोलाई नै प्रभाव पार्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

गर्भपतनको अधिकारको पक्षमा वकालत गर्दै आएको इन्फर्मेशन ग्रुप अन रिप्रोडक्टिभ च्वाइस ९जिआइआरइले सर्वोच्चको आदेशलाई ऐतिहासिक भनेको छ ।

अमेरिकी राज्य टेक्साससँग सीमा जोडिएको कोवाविलामा गर्भपतन डिक्रिमिनलाइज्ड भए पनि टेक्सासले हालै मात्रै गर्भपतन सीमित गर्ने कानुन ल्याएको छ । त्यहाँ ६ हप्ताभन्दा पछि गर्भपतन गराउनेलाई कारवाही हुने नयाँ कानुनमा उल्लेख छ ।

टेक्सासका महिलाहरु कोवाविला गएर गर्भपतन गराउने सम्भावना पछिल्लो आदेशले बढाएको छ ।