विश्व घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीको प्रतिस्पर्धामा नेपाली कम्पनी पहिलो | OmkarTimes.com

काठमाडौं । विश्व ब्रान्डिङ मञ्चको अष्ट्रियामा भएको विश्व घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीको प्रतिस्पर्धामा नेपाली कम्पनी हिमालयन डगच्यु पहिलो भएको छ ।

 

अष्ट्रियाको राजधानी भिएनास्थित राष्ट्रपति भवनमा भएको उक्त प्रतिस्पर्धामा बेलायतको लन्डनमा मुख्य कार्यालय रहेको हिमालयन कम्पनी पहिलो भएको हो  ।

 

कार्यक्रममा वल्र्ड ब्राण्ड फोरम (विश्व ब्रान्डिङ मञ्च)का अध्यक्ष रिचार्ड रोवल्स र सिइओ पेटर पेकले हिमालयन डगच्युका अध्यक्ष्य सुजनकुमार श्रेष्ठ र निर्देशक निशेष श्रेष्ठलाई अवार्डबाट सम्मानित गरेका थिए ।

 

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डगच्युको घरपालुवा जनावरहरुको खानाको न्याचुरल ट्रिट्स क्याटवोरीमा २०१९–२० को एनिमल एडिसनमा उत्कृष्ट हुन सफल भएको हो ।

 

उक्त विधामा अमेरिका, चीन, रसिया, वेलायत, जर्मन, भारतलगायतका एक सय ५० भन्दा बढी देशका सहभागिता रहेको थियो । ३० लाखभन्दा वढी उद्योगले ४० विधामा प्रतिस्पर्धा भएको थियो ।

 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले यस अवार्डले विश्वलाई नेपाली कम्पनीको विश्वस्नियता र गुणस्तरको विश्वास दिलाउन सफल भएकोमा आफु र आफ्ना कर्मचारीहरु झन उत्साहित भएको बताएका छन् ।

 

१५ वर्षअघिको सपना यस अवार्डले पूरा गर्न मद्दत गरेको भन्दै आगामी दिनमा अझ मिहिनेत गर्दै जाने उनले बताए । यस कम्पनीले सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका लगी कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो । सन् २००७ वाट व्यावसायिक रुपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो ।

 

सुमन श्रेष्ठ, निशेष श्रेष्ठ र सुजनकुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरी निर्यात गर्दै आएको छ ।