
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हाई इन्टिग्रेटी इन्चार्ज अवार्डद्वारा तीनजना प्रहरी अधिकृतहरूलाई प्रदान गरेको छ ।

शनिवार ईलाका प्रहरी कार्यालय मझगवा रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक सुरज खत्री, प्रहरी बिट बसपार्क भैरहवामा कार्यरत प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बम्जन र प्रहरी चौकी पोहवा रूपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक मनोजकुमार तिवारीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।



जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उनीहरूलाई अवार्ड प्रदान गरेका छन् ।

आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढङ्गबाट सम्पादन गरेको भन्दै उनीहरूलाई उक्त अवार्ड दिइएको बताइएको छ ।
फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, मादक पदार्थ सेवनविरुद्धको कारवाहीलगायतका काममा उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी प्रमुखहरूलाई ती अवार्ड प्रदान गरिँदै आएको छ ।