
काठमाडौं । युवा ज्योतिष हरिहर अधिकारि पछिल्लो समयका चर्चित ज्योतिष हुन् । धर्म र ज्योतिषका कुरालाई वैज्ञानिक कारण संग प्रष्ट पार्ने भएका कारण पनि उनको लोकप्रियता बढेको हो । उनले घरमा राखिने चित्रहरुको विषयलाई लिएर महत्त्वपूर्ण सुझाव दिएका छन्।
ज्योतिष हरिहर अधिकारिका अनुसार पितृको तस्बिर सधै दक्षिण दिशामा राख्नुपर्छ । परिवारका जीवित व्यक्तिहरुको तस्बिर पूर्व दिशामा राख्नुपर्छ । जीवित व्यक्तिहरुको तस्बिर कहिल्यै पनि दक्षिण दिशामा राख्न नहुने उनी बताउँछन्।
नकारात्मक दृश्यहरुले व्यक्तिमा नकारात्मक तरंग प्रवाह गर्छ । त्यसैले घरमा नकारात्मक संदेश दिने खालका चित्रहरु राख्नु हुँदैन । अधिकारीका अनुसार, घरमा युद्धका चित्रहरु, काटमारका चित्रहरु धार्मिक नै भएपनि राख्नु हुँदैन । ती चित्रहरुले व्यक्तिमा नकारात्मक तरंग उत्पन्न गरिदिन्छ।