घरमा मनी प्लान्ट राख्दा के फाईदा हुन्छ ? कुन दिशामा राख्ने ? | OmkarTimes.com

काठमाडौं । घरमा मनी प्लान्ट लगाउनु घरको समृद्धिको लागि राम्रो मानिन्छ । त्यसैले शहरका हरेकजसो घरमा मनी प्लान्ट लगाउने गरिन्छ। मनी प्लान्ट लगाउनाले घरमा धन सम्पत्तिको वृद्धि हुने मान्यता छ  ।

 

बिज्ञापन

धेरैले मनी प्लान्ट लगाइसकेपछि यदि मनी प्लान्ट राम्रोसंग हुर्कियो भने घरमा धन दौलत भित्रिने र यदि मनी प्लान्ट राम्रोसनग बढेन भने धन दौलत नाश हुनसक्छ भन्ने मान्यता राख्छन् । तर यो सधै शतप्रतिशत सही भने हुँदैन ।

 

वास्तवमा मनी प्लान्ट सकारात्मक ऊर्जा दिने किसिमको बिरुवा हो। यसले दिने हावामा नै सकारात्मक ऊर्जा हुन्छ। त्यसैले यसले नयाँ जोश भरिदिन्छ, सकारात्मक सोंच जगाइदिञ्छ । जसले गर्दा मानिस जीवनमा अगाडी बढ्न थाल्छ ।

 

युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, मनीप्लान्ट लगाउँदा वास्तुलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मनीप्लान्ट लगाउँदा घरको उत्तरतिर लगाउनुपर्छ । मनीप्लान्टलाई पूर्वतिर फर्काउनुपर्छ ।