नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ

काठमाडौं– नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ। कार्कीले बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत फोटो सेयर गरेकी छन्।

फोटोमा उनले र उनका श्रीमान आयुष्मान देशराज जोशीले छोरीलाई आफ्नो हातमा लिएका छन्।

छोरीको नाम पनि राखिएको छ, आयन्का कार्की जोशी।