
काठमाडौँ : चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ विरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान सोमपाल कामीले टस जितेका छन् र पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।
यता काठमाडौंले चितवनविरुद्ध केही बेरमा ब्याटिङ थाल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । पहिलो खेलमा ललितपुर प्याट्रियट्समाथि ७ विकेटको जित निकालेको काठमाडौं आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ ।
यता सोमपाल कामीको कप्तानीमा रहेको चितवन आजको खेलमा सहज जित निकाल्दै लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले पनि १ खेलमा २ अंक जोडेको छ । चितवन तालिकाको चौथो स्थानमा छ । यता २ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो थानमा छ ।