हिमपातले हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार

हुम्ला : हुम्लाको नाम्खा गाउँपालिकास्थित हिल्सा र लिमीको ट्रेकिङमा हिँडेका विदेशी पर्यटकसहित १२ जनाकै बिहीबार उद्धार गरिएको छ ।

हुम्लाको हिल्सा र लिमीको ट्रेकिङमा हिडेका स्लोभेनियाका ४ नागरिक, ३ जना टुरगाइड र ५ जना स्थानीय नागरिक बाक्लो हिउँ पर्दा तुम्लिङमा फसेका थिए ।

बिज्ञापन

चार विदेशी नागरिक र टुरिस्ट गाइडसहित उनिहरुको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले ट्रेकिङ एजेन्सीको सहयोगमा हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको जानकारी दिए ।

उनीहरु असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएका थिए।