ओडारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामद | OmkarTimes.com

काठमाडौं । गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन प्रहरीले बरामद भएको छ ।

 

मनास्लु पदमार्ग नजिकै ओडारभित्र लुकाइराखेको सुन बिहीबार बिहान भेटिएको जनाइएको छ । २७ दिनदेखि हराइरहेका धनकमल गुरुङले लुकाएको सुन ओडारमा भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

 

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि धनकमलले सुन लुकाएको प्ररम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । धनकमललाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।