नेपालको कुटनीति पाताल पुगी सकेको रहेछ : डा.लोहनी

काठमाडौं : राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नेपालको कुटनीति पाताल पुगी सकेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पत्र लेखेको प्रति उनले विरोध जनाएका हुन् ।

लोहनीले सामाजिकका सञ्जालमा लेखेका छन्,‘एउटा अमेरिकन सरकारी कोर्पोरेशन लाई नेपालका वर्तमान प्रधानमन्त्रि सम्माननीय देउवा जी र अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल जी ले पठाएको “समर्पण पत्र ” पढ्दा दुख लाग्यो।

नेपाल को कुटनीति अब पाताल पुगी सकेछ र नेपाली नेतृत्व को मनस्थिति कति कम्जोर र प्रतिक्रियाबादी रहेछ भन्ने स्प्रष्ट गरेको छ ।’

देउवा र प्रचण्डले पठाएको पत्रले राजनीति तरङ्गित बनेको छ । यसबारे पक्ष विपक्षमा बहस चर्किएको छ ।