राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक राष्ट्रियसभामा पेश

काठमाण्डौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभा बैठकमा पेश भएको छ।सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा प्राप्त पत्रको व्यहोरा बैठकमा जानकारी गराएका छन्।

बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि राष्ट्रियसभामा गराइएको छ।

बिज्ञापन