आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ : आज प्रदेश एक, दुई र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । प्रदेश–१ र २ का केही ठाउँमा भने राति पनि ठूलो पानी पर्ने सम्भावना छ । नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर बनेको न्यूनचापीय क्षेत्रको प्रभाव परेको छ ।

बिज्ञापन

यसैबीच, यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । क्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार मौसम अझै केही समय रहने सम्भावना छ । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक गर्दै अक्टोबर २ सम्म तय गरेको होे ।

विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको छ ।