एमसीसी पास हुन्छ : प्रधानमन्त्री देउवा

धनगढी- प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गरिने बताएका छन् ।

बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न बिहिबार सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले  युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसी नेपालकै पक्षमा रहेकाले पास गरिने बताएका हुन् ।

‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो ।’