परराष्ट्रमन्त्री ज्ञवाली पुसको पहिलो साता भारत भ्रमणमा जाने

काठमाडौं : पुसको पहिलो साता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमण जाने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई आफ्नो दूतका रुपमा भ्रमणमा पठाउन लागेका हुन् ।

ज्ञवालीले भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, विदेश मामिला मन्त्री लगायतका उच्च तहका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको मूख्य उद्देश्य नेपाल-भारतबीचको विद्यमान विवादलाई संवादमार्फत् सहमतिमा ल्याउने जनाइएको छ । भारतका विदेश मामिला मन्त्री एस जयशंकरले केही समयअघि नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलामार्फत् मन्त्री ज्ञवालीलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा पठाएका थिए ।