अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुखले ट्रम्प प्रशासनबाट दिए राजीनामा

एजेन्सी । अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्सले ट्रम्प प्रशासनबाट राजीनामा दिएमा छन् । उनको राजिनामासँगै कोट्स ट्रम्प प्रशासन छाड्ने अर्का उच्च पदस्थ सरकारी अधिकारी बनेका छन् ।

 

 

राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उनको स्थानमा टेक्ससका कंग्रेस सदस्य जन र्याबट्क्लिफलाई आफूले मनोनयन गर्ने जनाएका छन् । अमेरिकालाई माया गर्ने भएकाले र्या ट्क्लिफले नेतृत्व र श्रेष्ठताका लागि प्रेरणा दिने ट्रम्पले उल्लेख गरेका छन् ।

 

राष्ट्रपति ट्रम्प र कोट्सबीच रुस र उत्तर कोरियाको विषयमा बारम्बार मतभिन्नता देखिएको जनाइएको छ । गत जेनुअरी महिनामा राष्ट्रपति ट्रम्पले गुप्तचर निकायका प्रमुखहरू निष्क्रिय भएका र इरानले उत्पन्न गराएको जोखिमको विश्लेषण भरपर्दो नदेखिएको टिप्पणी गरेका थिए ।