
काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा बयान दिँदै उनले यस्तो दाबी गरेका हुन् । उनले संसद्को सम्मानका लागि मात्रै आँफू आएको बताएका बताएका छन्।
बिज्ञापन



बयानका क्रममा उनले भने, महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ। संसद्को सम्मानका लागि मात्रै म उपस्थित भएको छु। उनले प्रस्ताव संविधान र नियमावली अनुसार नचलेको भन्दै आँफूले न्याय पाउनुपर्ने तर्क गरेका छन् ।

न्यायपालिकालाई कमजोर बनाउन खोजेको उनको भनाइ छ। उनले आफूले विधि र पद्धतिअनुसार काम गर्दै आइरहेको र कसैको दबाबमा नपरेको पनि बताएका छन्।