
काठमाडौँ : हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमी प्रणाली नभएका कारण देशभरको मौसम सामान्यतया सफा रहेको छ । महाशाखा अनुसार देशका तीनवटा प्रदेशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली हुने छ।
बिज्ञापन



प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।