
काठमाडौँ : अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव केही दिनयता नेपालमा जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको असरस्वरुप शनिबार देशका केही ठाउँमा हल्का वर्षादेखि हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।
यस्तै, सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखालले जनाएको छ। महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ। शनिबार राति देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू-भागहरूमा सामान्य बदली रही बाँकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ।
यस्तै, कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको महाशाखाले जानकारी दिएको छ। अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू-भागहरुमा वदली भइ देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएको महाशाखाले जानकारी दिएको छ।