बलिउड अभिनेत्री मुखर्जी कोरोना संक्रमित

काठमाडौं — बलिउड अभिनेत्री तनिषा मुखर्जी कोरोना संक्रमित भएकी छन् ।

अभिनेत्री मुखर्जीले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् ।

उनले आफू होम आइसोलेनमा रहेको पनि बताएकी छन् ।

तनिशा मुखर्जीले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘सबैलाई नमस्कार, मलाई कोभिड भएको छ र म होम आइसोलेसनमा बसेकी छु।’