कस्तो छ आजको मौसम ?

काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

काठमाडौँमा आज बिहान ६ बजे ६.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो १३ देखि १५ डिग्री सेल्सियससम्म पुग्नेछ मौसमविद्ले बताएका छन् ।आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सातवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुनेछ ।

बिज्ञापन

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको उनले बताइन् । काठमाडौंमा भने आज वर्षाको सम्भाना न्यून रहेको छ ।

आजराति देशको पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।