आजको राशिफल : २०७८ साल मंसिर १६ गते बिहीबार

आज मिति २०७८ साल मंसिर १६ गते । इश्वी सन् २०२१ डिसेम्बर २ । शकसंवत् १९४३ । नेपाल संवत् ११४२ कछलागा । राक्षस दक्षिणययन हेमन्त । बिहीबार मार्ग कृणपक्ष । तिथि त्रयोदशी , १८:२१ बजे उप्रान्त चतुर्दशी । नक्षत्र स्वाती, १५०२ बजे उप्रान्त विशाखा । योग शोधन, १६:२२ बजे उप्रान्त अतिगण्ड । करण गर ७:२२ बजेदेखि वाणिज , १८:२१ बबजे उप्रान्त नग । चन्द्रराशि तुला ।

मेष : प्रतिस्पर्धा मिहिनेत तथा संघर्षका साथ दिन बित्ने छ । आर्थिक समृद्धि हुनेछ । प्रेमप्रतावलेमनमा द्विविधा उत्पन्न हुनेछ । निलो वस्त्र प्रयोग तथा माछामासु नखानु होला ।

बिज्ञापन

वृष : हनुमानको दर्शन गर्दै आफ्नो काममा अगाडी जानुहोस रोकिएका काम अवश्य बनेछन् । मित्रसंग नयाँ काम गर्ने योजना बन्नेछ । अध्ययनमा रुचिकम हुनेछ ।

मिथुन : स्वास्थ्यमा निकै ध्यानु होला । प्रेमप्रमिको नयाँ जीवन सुरूवात हुनेछ । व्यपारिक वर्गको लागि निकैराम्रो समय रहेकोछ । घरदेखि अफिस जाँदा पुजाकोठीको दर्शन गरि जानाले भाग्यमा वृद्धि हुनेछ ।

कर्कट : प्रेमिकाद्वारा धोका पाउने हुदा मनलाई स्थिर राख्नुहोला पानी प्रशस्त मात्रामा पिउनुहोला तनावयुक्त कार्य गर्दै नगनुहोला राजनैतिक सफलता मिल्नेछ ।

सिंह : आज निलो रङको प्रयोग गर्दै नगर्नुहोला । गनुपरेमा महामृत्युगजप गरेरमात्र लगाउनुहोला विद्यार्थी वर्गको लागि राम्रो समय रहेको छ । व्यपारमा समृद्धि हुनेछ ।

कन्या : यात्रालामो हुनेछ । प्रेम प्रेमिका विचको सम्मन्धमा टक्राव श्रृजित हुनेछ । रोकिएको धन आउनाले मनमा उत्साह थपिनेछ । पारिवारिक भेटघाट तथा मिलन हुनेछ ।

तुला : प्रेम मिलन हुनेछ । कार्य गर्ने स्फूर्ती बढ्नेछ व्यपारिक वर्गको लागि निकैराम्रो समय रहेकोछ । नयाँ विषय तथा नयाँ ठाँउको खोजी गरिनेछ ।

वृश्चिक : पारिवारिक किचलो बढ्नेछ । कम बल्नु कल्याण हुनेछ । कुलदेवताको स्मरणगर्दै काम गर्नुहोला । मध्यान्ह सम्म पेट सम्बन्धी समस्या बढ्नेछ । आर्थिक उन्नति हुनेछ।

धनु : सामाजिक तथा धार्मिक काममा समय बित्नेछ । महत्वपूर्ण भेटघाट आर्थिक उन्नतिको लागि हुनेछ । स्वास्थ्यले मध्यान्ह देखि दुःख दिनेछ । केहि खानपानमा ध्यान दिनुहोला ।

मकर : प्रेमिकाको स्वास्थ्यमा समस्या आउनेछ । अध्यनमा समस्या आउनेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । रोकिएको धन आउनेछ । सन्ध्याकालमा भोजभतेर सहभागि भइनेछ।

कुम्भ : बुवाआमाको सेवामा लागिनेछ । वा प्रेमभाव व्यक्त गरिनेछ । सन्तान सुख साथसाथै घर जग्गा जोड्ने योग रहेको छ । वैदेशिक आम्दानी वृद्धि हुनेछ । स्वास्थ्यले साथ दिनेछ।

मीन : नसोचेको प्रेमसम्बध सम्बन्ध प्रगाढ बनेर जानेछ । आर्थिक उन्नतिका क्षेत्रहरु बढेर जाने छन् । अध्ययनमा उन्नति हुनेछ । मानसम्मान प्राप्त हुनेछ । सामाजिक सेवामा समय व्यतित हुनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ । ध्यानदिनु होला ।