
काठमाडौं । आज बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
तेजावी सुन प्रतितोलामा ९१ हजार ८ सय रुपैयाँमै कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि यथावत् रहेर १ हजार २ सय रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।