इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी | OmkarTimes.com

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता भएको छ ।

 

उपभोक्ता हित संरक्षण मञ्चले सुविसु केवल नेट प्रालि र वागेश्वरी केवल टेलिभिजन प्रालिविरुद्ध उजुरी दर्ता गरेको छ ।मञ्चले इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणबाट करोडौं रकम भुक्तानी गरिसकेका लाखौ नेपाली उपभोक्तामाथि अन्याय गरेको अरोप लगाउँदै उजुरी दर्ता गरेको हो ।

 

कानून बमोजिम दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक संघ नामक संस्थाका नामबाट केही व्यक्तिहरुले प्रशारणमा अवरोध पुर्‍याएकाेले ती व्यक्तिहरुमाथि कारवाही गर्न उजुरी मार्फत माग गरिएको छ ।

 

मञ्चले उपभोक्तासँगको सझौता, कारोवार, प्रशारण सम्वन्धी सम्पूर्ण विवरण, कागजात तथा कप्युटर फाइल समेतको रेकर्डको अनुसन्धान गर्न अग्राह गरेको छ । नेपालमा २४ घण्टाका लागि प्रसारण विदेशी च्यानलहरु बन्द गरेको थियो ।