यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, डलरको मूल्य अहिलेसम्मकै उच्च

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको छ । जसको खरिद दर १२६ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १३० रुपैयाँ ४५ पैसा र बिक्री दर १३१ रुपैयाँ ०७ पैसा रहेको छ।

बिज्ञापन

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।