
कपिलवस्तु । कपिलवस्तुमा सर्पको टोकाइबाट सोमबार एकै नगरपालिकाका दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाणगंगा नगरपालिका ६ भगलापुरका ४५ वर्षीय तेजप्रसाद खनाल र सोही नगरपालिका वडा ३ की ५० वर्षीया शुभमाया थापा रहेका छन् । मृत्यु भएका खनाललाई लक्ष्मणघाट बोलबम जानलाग्दा बिहान आफ्नै घरकाे आगनमा सर्पले टोकेको थियो ।

सर्पले टोकेका उनलाई उपचारका लागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा ज्यान गएको थियो । त्यसैगरी थापालाई पनि सोमबार सोमबार विहानै सर्पले टाकेको थियो । उनको उपचारको क्रममा सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा मृत्यु भएको केन्द्रका व्यवस्थापक नविन भण्डारीले बताएका छन्। उनीहरु दुवैलाई गोमन सर्पले टोकेको व्यवस्थापक भण्डारीले बताएका छन् ।