
काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिकाका नवनिर्वाचित मेयर रत्नबहादुर खड्काले शुक्रबार पदभार ग्रहण गर्दै राज्यबाट प्रदान हुने तलब-भत्ता आफूले नलिने घोषणा गरेका छन् ।
उनले आफ्नो तलबले गरीब, अनाथ पिछडिएका र द्वन्द्वपीडित बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।सत्ता गठबन्धनतर्फबाट उम्मेदवार रहेका खड्काले निवर्तमान मेयरसमेत रहेका एमालेका लालबहादुर महतारालाई पराजित गरेका थिए । खड्काले ८ हजार ६०५ मत प्राप्त गरेर गर्दा महताराले ४ हजार ९१८ मत प्राप्त गरेका थिए ।सो नगरको उपप्रमेयरमा पनि सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका माओवादीका चन्द्रबहादुर थापा ‘अपील’ निर्वाचित भएका छन् ।