
काठमाडाैं । हिमालयन ब्याण्डका संस्थापक गायक, संगीतकार तथा गीतकार नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका उनको बेलायतको अल्डरसटस्थित निवासमा सोमबार निधन भएको हो ।


सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, कहाँ तिम्रो मायालुलाई छाडिराख्यौुं, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छलगायतका गीत लोकप्रिय छन् ।
बिज्ञापन




उनले सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका हुन् । उनका दुई छोरी, एक छोरा र श्रीमती छन् ।