फेरीमा आगो लाग्दा बंगलादेशमा ३२ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा एउटा फेरीमा भएको आगलागीमा ३२ जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा अवस्थित झाकाकाथीमा शुक्रबार बिहान आगो लागेको हो । दुर्घटनाग्रस्त फेरीमा ५०० यात्रु सवार थिए ।

‘तीन तले सो फेरी नदीको बीचमा आगो लागेको थियो ।

आगलागीमा जलेका ३२ जनाको शव फेला पारेका छौं ।

मृतकको संख्या अझै बढ्न सक्छ ,’ स्थानीय प्रहरी प्रमुख मोइनुस इस्लामले भने । आगो लागेपछि कोही नदीमा हाम फालेका थिए ।

फेरीमा आगो लागेर घाइते १०० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बंगलादेशमा बारम्बार फेरी दुर्घटनामा पर्ने गरेका छन् ।

मर्मतसम्भारको अभाव, न्यून सुरक्षा र क्षमताभन्दा बढी यात्रुका कारण फेरी दुर्घटनामा परेको विज्ञहरु बताउँछन् ।