
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको हिजो (पौष ८ गते, बिहीबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बिज्ञापन



साथै वासलात मितिमा कायम रहेको चुक्ता पुँजीको आधारमा प्रस्तावित लाभांश २३.१५७८९४७२६ ५ हुने र सो मध्ये २२ ५ बोनस सेयर र १.१५७८९४७२६ ५ नगद लाभांश हुने कम्पनीले जनाएको छ ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ: