राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं — राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् ।

बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्येबाट पाँच जनाको नाम सर्ट लिस्ट गरिएको थियो ।

सर्ट लिस्टमा पर्नेमा शर्मासँगै हल्दिवारी गाउँपालिका एक झापाका प्रा.डा.घनश्याम भट्टराई, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा.डा. महानन्द चालिसे, किर्तिपुर नगरपालिका–५, काठमाडौंका प्रा.डा. शोभाखर कंडेल रहेका थिए ।