
अमेरिकामा चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा सर्वोच्च अदालतले रोक लगाएको छ ।
यो प्रतिबन्ध लागू भएको केही घन्टाअघि एक जिल्ला न्यायाधीसले टिकटकको मुख्य कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोकको आदेश दिएका हुन् ।
ट्रम्पको आदेशमा टिकटकको नयाँ डाउनलोडमा रोक लगाइएको थियो । न्यायाधीसले अस्थायी आदेश जारी गर्नुको कारण उल्लेख गरेका छैनन् ।
उनले यसबारेमा पछि विस्तृत फैसला गर्ने उल्लेख गरेका छन् । सुनुवाइका क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धलाई तर्कहीन कुरा भएको बताएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्टमा टिकटकलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप लगाउँदै प्रतिबन्ध लगाउने आदेश जारी गरेका थिए । कम्पनीले यो आरोप खण्डन गर्दै आएको छ ।
टिकटकलाई बाइटडान्सले सन् २०१७ मा लञ्च गरेको थियो । संसारमा टिकटकका ५० करोड र अमेरिकामा ८ करोड प्रयोगकर्ता छन् ।