फर्निचर व्यवसायी महासंघको सचिवमा गौरादहका दाहाल चुनिए

दमक । फर्निचर तथा फर्निसिङ् व्यवसायी महासंघको सचिवमा गौरादह २ का राजकुमार दाहाल पुनः छानिएका छन् ।लामो समयदेखि गौरादह वडा नम्बर २ मा दाहाल फर्निचर उद्योग संचालन गरेर ग्राहक बिच लोकप्रिय ब्रान्ड बनाउन सफल दाहाल गत महाधिवेशनमा पनि केन्द्रीय सचिव पदमा छानिएका थिए ।

विकृति र विसंगति बिरुद्ध आफुलाई अग्र स्थानमा उपस्थित गराउने युवा व्यवसायी दाहाल गौरादह सरोकार समाज नामक संस्थाको अध्यक्ष समेत हुन् ।बिगत २२ बर्ष देखि गौरादहमा फर्निचर उद्योग संचालन गर्दै आएका दाहाललाई ग्रामीण स्तरमा पनि फर्निचर व्यवसायको सम्भाव्यता रहेको छ भनेर अन्य फर्निचर व्यवसायीलाई आकर्षित गर्ने श्रेय जान्छ ।

गत शनिबार काठमाडौंमा सम्पन्न महासंघको सातौं बार्षिक साधारणसभा तथा चौथो महाधिवेशनले दाहाललाई केन्द्रीय सचिव पदमा छनौट गरेको हो । उक्त अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।अन्य संघसंस्थाहरुमा पदको लागि लुछाचुडी भइरहदा महासंघको भने सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको छ ।