कुलमान घिसिङकी श्रीमती राप्रपा जिल्ला उपाध्यक्षमा चयन

धादिङ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी श्रीमती दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन् ।

कार्यसमिति सदस्यहरूबाट पदाधिकारी मनोनयन गर्ने पार्टी विधानअनुसार तामाङलाई उपाध्यक्ष बनाइएको अध्यक्ष ध्रुव खनालले बताए ।

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।