आजको मौसम कहाँ कस्तो रहला ?

काठमाडौँ : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ ।

साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। आइतबार देशभर आंशिक बदली रहनेछ ।

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि देशभर आंशिक बदलीको रहने छ। मंगलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।