काम गरेर पनि गुमनाम रहेको नाम र घटना

विराटनगर|  विराटनगरस्थित कोशी अस्पतालमा १५ दिनअघि आएका एक बेवारिसे युवा जसको देब्रे खुट्टामा घाउ पुरै गन्हाउने थियो र खुट्टा नै कुहिसकेको थियो। अस्पताल परिसरमै उक्त युवा १५ दिनदेखी सहयोगको गुहार गरेपनी कोहि सहयोगकोलागी पुगेको थिएन। तर एका बिहानै बिराटनगरका पत्रकार एवम सामाजिक अभियन्ता बीरेन्द्रकुमार साह र समाजिक अभियन्ता सरोज कोईराला अस्पताल परिसरमा पुगे। उनिहरुले पुगेर फोटो मात्र खिचेनन उक्त युवाको उपचार गराउनु पर्छ भन्दै विभिन्न ब्यक्ति र सस्थालाई फोन घुमाउन थाले।

 

बिराटनगर कै सामजसेबी अभा अनुपमाले बिरामिलाई उपचार गराउन आफ्नो पनि सहयोग रहने बताए। बिहान अस्पताल परिसरमा उक्त बिरामी युवालाई बीरेन्द्र र सरोजले खानेकुराहरु ल्याएर दिए र तपाईको उपचार जसरी नि हामी गराउछौ भनेर आस्वासन दिए। यतिकैमा बिराटनगर महानगरपालिकाका प्रशासकिय अधिकृत एकदेब अधिकारी आए र जसरी नि यी बेबारिसे बिरामिको उपचार हुनुपर्ने र बिरामिको आफुले जिम्म लिने भने ।

 

बीरेन्द्र र सरोज तेहि थिए।उता माईनिटिग भईरहेको थियो यता बीरेन्द्र र सरोजले बिरामिको फर्म आफैले भरिदिए र सहि छाप लगाउन लगाए बिरामिको शरीर पुरै गनाउने भएको थियो घाउ सडेर तेस्को पर्वाहा नगरी बीरेन्द्र र सरोज र मृत्युनजय झाले बोकेर बेडसम्म बिरामिलाई पुर्याए। पछि समाजसेबी अभा अनुपमा युवा अभियन्ता बिनोद चाहार बीरेन्द्र सरोजले मिलेर घाउ सफा गतिदिए अस्पतालको एक कर्मचारिको सहयोगमा र सफा कपडा पनि लगाईदिए। केही बोल्न नसक्ने युवाले सर्सफाईपछि खानेकुरा खाए र खुशी हुँदै भने तपाईहरुलाई धन्यवाद अब म बाच्छु है?

 

युवाले आफ्नो घर ओखलढुंगा र नाम शंकर मगर बताईरहेको छ। मगर १५ दिन अघिदेखि अस्पतालको आकस्मिक कक्ष अगाडी वेवारिसे अवस्थामा थिए । भारतको हरियाणबाट फर्कने क्रममा आफूलाई चोट लागेको बताउने वेवारिसे व्यक्तिले भारतमा रहँदा कुल्लीको काम गरेको बताएका थिए । कोशी अस्पतालका अर्थाेपेडिक सर्जन डाक्टर यज्ञराज खरेलका अनुसार विरामीको खुट्टा काटेर फाल्नु पर्ने अवस्था रहेको बताए । बीरेन्द्रकुमार साहले यश अघि २ जना क्यानसर पिडित र थुप्रै बिरामिलाई सफल उपचार गराईसकेका छन् भने सरोज एक समाजिक अभियन्ताको रुपमा बिराटनगरमा सामाजिक क्षेत्रमा सकृय छन् ।