
रामेछाप मन्थली नगरपालिका घर भई हाल गाम्चामा बस्ने ३० वर्षका अभिषेक रम्तेलका ३ महिनाको छोराको आगो तापने क्रममा निस्सासिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
मन्थलीका ३० वर्षका अभिषेक रम्तेल, श्रीमती २८ वर्षीया पसुना तामाङ र ३ महिनाको छोरा गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा २ बर्ष देखि डेरा गरी बस्थे । उनीहरु शनिबार बेलुका खाना खाएर आगे तापेर सुतेका थिए ।
बिहान अवेर सम्म पनि नउठेपछि स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अबस्थामा देखिएपछि तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियोृ । उपचारकै क्रममा आइतबार बिहान ३ महिनाको छोराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए ।