
कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका राफेल नाडाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार मेलवर्नमा भएको चौंथो चरणमा फ्रान्सका एड्रियन मान्नारिनोलाई ७-६ ९१६-१४० ६-२ ६-२ ले हराएर पाँचौ वरीयताका नाडालले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । खेल २ घन्टा ४० मिनेट चलेको थियो ।
नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् ।
हालसम्म नाडालसँगै नोभाक जाकोभिच र रोजर फेडेररले समान २० पटक प्रतियोगिता जितेका छन् । ३५ वर्षीय नाडाल गत वर्ष क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।