
काठमाडौं । भक्तपुरको ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । गएराति बा.५३प ६९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे घर भएका महेश शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरको मोटरसाइकल अनियन्त्रित भएर रेलिङमा ठोक्किएको हो । मोटरसाइकलको पछाडि सवार ३२ वर्षीय महेश शाहलाई उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।
बिज्ञापन



राति साढे ११ बजे एसएस चोक नजिक भएको दुर्घटनामा परेर मोटरसाइकल चालक काभ्रेको धुलिखेल–१० घर भएका महेन्द्र शाह गम्भिर घाइते भएका छन् । उनको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।
