पुग्यो साढे १६ लाख बढी मात्रा मोडर्ना खोप

काठमाडौं — नेपालमा  कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ ।

अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।