माधव नेपालको खुलासा– ‘असोजमा संसद र मंसिरमा स्थानिय चुनाव गर्न दलहरुबिच सहमति भएको छ’

काठमाडौं– नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आगामी २०७९ असोजमा केन्द्र तथा मंसिरमा स्थानिय चुनाव गर्न सत्तारुढ दलहरुबिच सहमति भएको खुलासा गरेका  छन् ।

बिगतको स्थानिय निकायको अन्तिम चरणको चुनाव असोजमा भएको भन्दै ५ वर्ष नपुगुञ्जेल चुनाव नगर्ने सहमति भएको उनले बताएका हुन् ।

बिज्ञापन

रामेछापको खाँडादेवी गाँपालिकामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता नेतालले संबिधानमै ५ वडा सभा भएको ६ महिना भित्र अर्को चुनाव गर्नुपर्ने उल्लेख भएको भन्दै संबिधानको मर्म अनुसार नै मंसिरमा स्थानिय निकायको चुनाव गराईने बताए ।

‘सत्तारुढ दलहरुबिच असोज, कार्तिक र मंसिरमा संसद, प्रदेश तथा स्थानिय चुनाव गर्ने सहमति भएको छ’, नेता नेपालले भने– ‘सहमति अनुसार नै चसनाव हुन्छ ।

स्थानिय निकायको पहिलो र दोश्रो चरणको चुनाव बैशाख र असाढमा भएको कुरालाई गौण राख्दै नेता नेपालले अन्तिम चरणको परिणामलाई बिन्दु मानि संसद अगाडी नै स्थानिय निकायको चुनाव गराईने बताए ।