भेरी अस्पतालमा २ संक्रमितको मृत्यु

नेपालगञ्ज — बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोभिड वार्डमा उपचार गराइरहेका शान्तिनगर गाउँपालिका वडा नम्बर ३ दाङका ८० वर्षीय पुरुषको गएराति र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ बाँकेका ८६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

बिज्ञापन

योसँगै बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ भने बाहिरी जिल्लाका ४४२ जनाले ज्यान गुमाएका छन् ।