
दमक / विराटनगरमा टिपरको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–३ पञ्चेश्वर मन्दिर अगाडि को १ क ९५३ नम्बरको टिपरले प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो।
बिज्ञापन



दुर्घटनामा परेर स्कुटरकाे पछाडि सवार विराटनगर महानगरपालिका–१२ का अन्दाजी ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो । शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका बजगाईंलाई उपचारका लागि बूढीगंगाको विराट शिक्षण अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनालगत्तै टिपर चालक कानेपोखरी गाउँपालिका–३ का ३३ वर्षीय कुलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक सकुशल छन्।