प्यूठानमा बेहुली लिएर फर्किरहेको जिप दुर्घटना, ८ जनाकाे मृत्यु

प्युठान : प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजे गौमुखी- ६ ओखरपाटामा दुर्घटनामा परेको हो।

दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए। दुर्घटनामा घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक कसैको पनि पहिचान खुलेको छैन।

जिप सडकबाट झण्डै तीनसय मिटर अग्लो भिरबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ ।