आज संविधान संशोधन विधेयक पेस हुँदै

काठमाडौं– चार दिनअघि अन्तिम समयमा रोकिएको संविधान संशोधन विधेयक आज आइतबार प्रतिनिधिसभामा पेस हुँदैछ । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ ।

 

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको थियो । प्रमुख विपक्षी कांग्रेसले केन्द्रीय समितिले निर्णय नगरेसम्म विधेयक रोक्न भनेको थियो । शनिबार बसेको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै संशोधनका लागि दुई तिहाई पु¥याउन सरकारलाई सहज भएको छ ।

 

कानुनमन्त्री तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् । संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको छ । सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।